खाेज्नुहाेस

बैतडीमा एक सातामा सात जनामा कोरोना संक्रमण

Image

बैतडी – बैतडीमा एक साताको अवधीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको झुलाघाट नाकाबाट फर्केका मानिसहरुमध्ये एक साताको अवधीमा ७ जनामा कोरोना देखिएको हो ।

navjiwan hospital

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले सीमा नाका झुलाघाटमा गरिएको परीक्षणमा एकसातामा सात जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले भारतबाट फर्कने सबैको कोरोना परीक्षण गर्ने गरिएको र उनीहरुमध्ये पछिल्लो एकहप्तामा सात जनामा कोरोना पुष्टि भएको बताए ।

attariya hospital

कोरोना पुष्टि हुनेमा बैतडीका मात्रै नभएर अन्य जिल्लाका नागरिक समेत रहेको पाइएको छ । झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको अनिवार्य कोरोना जाँच गरिनुका साथै मास्क समेत अनिवार्य गरिएको छ ।