खाेज्नुहाेस

बझाङका ३ कृषक ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित

Image

बझाङ – बझाङका तीन कृषक प्रदेशस्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित भएका छन । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले प्रदान गर्ने उक्त पुरस्कारबाट जयपृथ्वी नगरपालिका–२ का गणेश खड्का, थलारा गाउँपालिका–८ का सिद्धराज जोशी र दुर्गाथली गाउँपालिका–५ थलिसैनकी मायादेवी जप्रेल पुरस्कृत भएका हुन ।

navjiwan hospital

पुरस्कारको राशि जनही २५ हजार नगद छ । जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कृत खड्काले गड्यौला मल उत्पादन र व्यावसायिक रूपमा प्रांगारिक तरकारी खेती गर्दै आएका छन ।

attariya hospital

यस्तै, जोशीले फलफूल खेती र नर्सरीमा खटिएका छन । पुरस्कृत मायादेवी जप्रेलले दुर्गाथली–५ थलिसैन गाउँलाई नमुना कृषि गाउँमा रूपान्तरण गर्ने कामकी अगुवा हुन ।