खाेज्नुहाेस

धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

Image

धनगढी – कैलालीको धनगढीमा आजदेखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुने भएको छ । महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

navjiwan hospital

सुदूरपश्चिम साहित्य समाजको आयोजनामा हुने महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिएका छन ।
साहित्य समाजका अध्यक्ष पाण्डेयका अनुसार तीन दिनसम्म २४ वटा शिर्षकमा साहित्य संवाद सञ्चालन हुनेछन् ।

attariya hospital

महोत्सवमा साङ्गीतिक साँझ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक संस्कृति– गमरा, छलिया, भुवो, हुड्केली, महिला छलिया र रनपुतला खेल, सखिया नृत्य, ठाडीभाका गायन, रानाथारुको होली र डगौंरा थारुको लठौवा नाच प्रस्तुत हुने जनाइएको छ ।

महोत्सवमा साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ । महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।