बाजुरा – जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण ५ महिने शिशुको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–६ स्थायी घर भएकी रमिता नेपालीको ५ महिने छोरा जनम नेपालीको मृत्यु भएको जिल्ला अस्पताल बाजुरामा कार्यरत पोषण कर्याक्रम संयोजक निर्मला सुनारले बताईन् ।
अस्पताल बाजुरामा रहेको पोषण पुनः स्थापन केन्द्रमा ७ दिन पहिला सो बच्चालाई भर्ना गरेको संयोजक सुनारले बताईन् । संयोजक सुनारका अनुसार सोमवार बेलुका सम्म बच्चाको स्वास्थ्य अवस्था राम्रै रहेको तर बिहान हेर्दा बच्चाको मृत्यु भई सकेको रहेछ ।
बालकाकी आमालाई बच्चालाई दूध खुआउनु भो त भनेर सोध्नेबेला बच्चा सिरगमा बेरिएको अवस्थामा फेला परेको सुनारले बताइन ।