बाजुरामा १७ बर्षीय सुत्केरीको मृत्यु

बाजुरा – बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ । बुढिगंगा नगरपालिका – २ बजेडीकी १७ बर्षीय लक्ष्मी लुहारको अत्याधिक रक्तस्रावपछि मृत्यु भएको हो ।

maya metro hospital

एक शिशुलाई घरमै जन्माएकी लक्ष्मिलाइ अफ्ठयारो भएपछि बिहिवार दिउसो आफन्तले बह्रमतोला स्वास्थ्य चौकी पुयाएका थिए । त्यहाँ उनले अर्को शिशुलाई जन्म दिएकी थिईन् ।

उनलाइ अत्याधिक रक्तस्राव भएपछि स्वास्थ्य चौकीले बयलपाटा अस्पताल अछाम रिफर गरेको थियो । अत्याधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै मृत्यु भएको हो । बयलपाटा अस्पताल अछामका अनुसार एउटा शिशुको समेत मृत्यु भईसकेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.