प्रदिप मलासी/बझाङ – बझाङको जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजाल नेतृत्वको टोलीले खुडिउन सिचाइ कुलोको अनुगमन गरेको छ । गत बर्ष आएको बेमौषमी बर्षाले क्षती पुगाएको उक्त सिचाइ कुलोको आज जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजालको नेतृत्वको टोलीले अनुगमन गरेको हो । २०७५ साल फागुन १५ गते बाट सञ्चालन भएको उक्त सिचाइ कुलोको निर्माण कार्य २०७६ असाढ १४ गते सम्पन्न गरीएको थियो ।
उक्त सिचाइ कुलो आयोजनाबाट जयपृथ्बी नगरपालिका २, ३, र ४ वडाका ८ सय घर धुरी लाभान्बित भएका छन् । उक्त सिचाइ कुलो आयोजनामा जयपृथ्बी नगरपालिकाबाट ७० लाख र जनश्रमदानबाट ८ लाख ८ सय ७६ गरी कुल लागत ७८ लाख ८ सय ७६ मा निर्माण कार्य सम्पन्न भएको थियो ।



तर, उक्त आयोजनामा २०७८ साल असोज ३१ गते देखी कार्तिक ३ गते सम्म आएको बेमौषमी बर्षाले उक्त सिचाइ कुलोको बिभिन्न ठाउमा क्षती पु¥याए पछि क्षतिको विवरण संकलन गर्नको लागि नगरप्रमुख बजाल सहित प्रमुख प्रशासकिय अधिकृत अम्मर राज जोशी, वडा नम्बर २ का वडा अध्यक्ष कलक बहादुर खड्का र वडा नम्बर ३ का वडा अध्यक्ष गंग बहादुर खड्का , इन्जिनियर लाल बहादुर थापा, लगाएको टोलिले निरीक्षण गरेको हो ।
अनुगमनको क्रममा नहरको काम राम्रो भएको भएपनि बिभिन्न ठाउमा पहिरो गएको देखीएकाले तुरुन्तै त्यस्तो ठाउमा ग्याबिन जालि लगाई मर्मत गर्न जयपृथ्बी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले निर्देशन दिएका छन ।
नहर अबरुद्ध नभएको भएपनि नहरको केहि ठाउँमा पहिरो गएकाले फेरी पानी परे अबरुद्ध भई सिचाइमा समस्या हुने भन्दै नगरप्रमुख बजालले तुरुन्त मर्मत गर्न निर्देशन दिएका छन ।
उक्त अनुगमन टोलीले जयपृथ्बी नगरपालिका – २ बोल्लाखानमा रहेको पुर्खेउली सीचाइ पोखरी र सिमसाइल पानी मुहानको समेत अनुगमन गरेको थियो ।

















