डडेल्धुराको परशुराममा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

डडेलधुरा – डडेलधुराको परशुराम नगरपालिकालले दीर्घरोगीको निःशुल्क स्थास्थ्य बीमा सुरु गरेको छ । परशुराम नगरपालिका मेयर भरत बडायर जोशीले आइतबार एक कार्यक्रमका बीच दीर्घरोगीको निशुल्क स्वास्थ्य बीमा सुरु गरेका हुन् ।

Karma Consultancy

‘आजबाट परशुराम नगरपालिकाभित्र दीर्घ रोगीका लागि निःशुल्क स्वाथ्य बीमा सुरु भयो । नगरपालिकाको १२ वटा वडामा स्वास्थ्य बीमा सुरु गरिएको छ,’ उनले भने । मेयर जोशीका अनुसार नगरपालिकामा ४५८ जना दीर्घरोगी छन् ।

citizen security services

नगरपालिकाले दीर्घ रोगीको निशुल्क स्वास्थ्य बीमा आफ्नो नीति कार्यक्रममा पनि समेटेको थियो । यसका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको थियो ।

attariya hospital

स्वास्थ्य बीमाको प्रव्यक्ति वार्षिक ३५ सय नगरपालिकाले तिरिदिने छ । मेयर जोशीका अनुसार एक वर्षमा बिमा गरिएका परिवारका पाँच जनाको एक लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.