अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले हात्तिपाईले रोगको निवारणका लागी गोष्ठिको आयोजना गरेको छ । नगरपालिकाले नगरक्षेत्रमा रहेका विभिन्न निकायका प्रतिनिधिहरुलाई सहभागी गराई हात्तिपाईलेको रोकथामका लागी गोष्ठि आयोजना गरेको हो ।
गोष्ठिमा नगरप्रमुख विरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिृकत बसन्त कुमार खत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
हात्तिपाईले रोग लाग्ने कारण, औषधीको नकारात्मक असर सम्बन्धीका भ्रामक कुराहरु, हात्तिपाईले रोग लाग्दा हुने समस्याहरु र यसको निराकरणका लागी आवश्यक कुराको बारेमा विभिन्न निकायका पदाधिकारीहरुलाई गोष्ठिमा सहभागी गराईएको थियो ।