बाघले बझाङमा एकैदिन १० बाख्रा मा¥यो

बझाङ – बझाङको थलारा गाउँपालिकामा बाघले १० वटा बाख्रा मारेको छ । बाघले गाउँपालिकाको वडा नं. ९ मा रहेका स्थानीय जगत विष्टले पालेका १० वटा बाख्रा मारेको हो ।

maya metro hospital

जयपृथ्वी नगरपालिका–५ को नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारेको विष्टले बताए । बाघले बाख्रा मार्दा आफ्नो झण्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उनले बताए ।

joshi vada pasal 2

१२ वर्ष भारतमा रोजगारी गरेर फर्किएका विष्टले २२ वटा बाख्रा पाल्दै आएका थिए । ऋण निकालेर गाउँमै कालिका बहुद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसायी सुरु गरेका उनी बाघले एकैदिन १० बाख्रा मारेपछि भने चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.