सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी अनुपस्थित

अत्तरिया – सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत लिनको लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएको छ ।

maya metro hospital

नागरिक उन्मुक्ति पार्टी बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको पाउने सम्भावना सकिएको छ । अहिले प्रदेशसभा बैठक जारी रहेको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टी उपस्थित नभएकाले सरकारलाई बहुमत (२७) पुग्दैन ।

attariya hospital

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेसलाई सरकार बनाउने बाटो खुला हुने छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.