दार्चुलामा महाकाली नदीमा बगेका वृद्धको मृत्यु

दार्चुला – दार्चुलाको महाकाली नदीमा बगेका वृद्धको मृत्यु भएको छ । बुधवार दार्चुलाको खलङ्गा बजार नजिक महकाली नदीमा बगेका ७० वर्षीय वीरसिंह बडालको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

maya metro hospital

दार्चुलाको महाकाली नगरपालिका २ पन्डोरा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

बुधवार दिउँसो २ बजेतिर सशस्त्र प्रहरीले बडालको उद्धार गरे पनि उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।

attariya hospital

मृतक बडालले जाँड–रक्सी खाएको र शौच गर्न महाकाली नदी किनारमा गएपछि नदीले बगाएको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक गाहामगरले बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.