बझाङमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु

बझाङ – बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका – ४ को बजुवा बगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार अन्दाजी १८/२० बर्षकी किशोरीको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने हुन सकेको छैन् ।

maya metro hospital

धनगढीबाट बझाङका लागि छुटेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताएका छन ।

joshi vada pasal 2

उनले मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.