बेदकोटमा पन्ध्र शय्याको नगर अस्पताल निर्माण हुँदै

दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण सुरु गरेको हो । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो ।

maya metro hospital

२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण सुरु भएको हो । सम्झौता अनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग ९ करोड ७४ लाख ५ हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

‘दुई वर्षभित्र सक्ने गरी २०७८ मा ठेक्का सम्झौता गरेका थियौँ, ढिलो गरी काम सुरु भयो’, उनले भने ‘आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको छ ।’ सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घरआँगनमा दिलाउने र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्था सिर्जना गर्नका लागि नगर अस्पताल निर्माण गरिन लागेको उनले बताए ।

attariya hospital

बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पातल निर्माण गरिन लागेको बताए । ‘नगर अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ’ उनले भने ‘ल्याब, इर्मेजेन्सी लगायतका सेवा सञ्चालन हुनेछन ।’ उनले अस्पताल सञ्चालनमा आए यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताए ।

स्थानीयवासीले स्वास्थ्य आधारभूत आवश्यकता भएकाले नगरपालिकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । ‘पालिकाले निर्माण सम्पन्न गरिसक्ने बेला काम सुरु गरेको छ’, स्थानीय गणेश भट्टले भने ‘हातको औँला काटिए पनि महेन्द्रनगर बजार पुग्नुपर्ने बाध्यता छ यसको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’ हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.