लडागडा स्वास्थ्य चाैकीमा प्रयाेगशाला सेवाकाे नगर प्रमुख खड्काद्वारा उद्घाटन 

 

डाेटी – पायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा स्थित लडागडा स्वास्थ्य चाैकीमा प्रयाेगशाला सेवा (Labratory service) काे नगर प्रमुख बाजी सिंह खड्का ‘बिजय’द्वारा उद्घाघाटन गरियको छ ।

maya metro hospital

दिपायल सिलगढी नगरपालिका,गुडनाइवर्स इन्टरनेस्नल नेपाल (Good neighbors international Nepal) र सामुदायिक बिकास केन्द्र डाेटीकाे आर्थिक सहयोगमा प्रयाेगशा सामाग्री स्वास्थ्य चाैकीमा व्यावस्थापन गरि शुक्रबार एक औपचारीक कार्यक्रमका बिच उक्त प्रयोगशाला सेवाकाे उद्घघाटन गरियकाे हाे ।

joshi vada pasal 2

नगर प्रमुख खड्काले कार्यक्रमा प्रमुख अतिथिकाे आसन बाट बाेल्दै हामिले जन्ता प्रति उत्तरदायी भएर काम गर्ने भावना लाइ बढी मान्यता दिइ बिकट लाइ मध्यनजर गरेर काम गर्नु पर्छ साेहि सिलसिलामा याे कार्यकाे शुरुवात गरेकाछाै,याे सेवाले यहाँका जनसमुदायले सहज तरिकाले सेवा पाउनु हुनेछ र अन्दाजकाे भरमा उपचार गर्नु पर्ने बाध्यताकाे अन्त्य भइ सामान्य राेगहरु पत्ता लगायर सहज र सरल तरिकाले उपचार पाउनेमा विश्वस्त छु ,याे सेवालाई प्रभावकारी र दिगाे पनदीन नगरपालिका निरन्तर रुपमा लागि पर्नेमा समेत नगर प्रमुख खड्काकाे जाेड रहेकाे थियो ।

यस्तै दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले नेपाल सरकारकाे निति अनुरुप वडामा नमुना स्वास्थ्यचाैकी बिभिन्न सेवा भित्र पर्दछ र ल्यावकाे दरवन्दि पालिकाकाे बिकट वस्तिबाट सुरु गर्नु पर्ने भएकाले साेहि अनुसार हामिले याे सेवा सुरु गरेकाहाै याे सेवाबाट निर्धक्कसँग सेवा लिन सम्पुर्णमा अाग्रह गरेका थिए ।

स्वास्थ्य चाैकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष दशरथ वलायरकाे सभा अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नगर उप प्रमुख कलावती महर’साउद’ जिल्ला समन्वय समिति सदस्य राम बहादुर खड्का,कार्यपालिका सदस्य पार्वती पार्कि,वडा सदस्य हरु ,गुडनाइवर्स इन्टरनेस्नल नेपालका जिल्ला संयोजक तेज बहादुर बाेहाेरा,सामुदायिक बिकास केन्द्रका प्रतिनिधि,इलाका प्रहरी कार्यालय लडागडाका प्रमुख प्रतिनिधि, बिभिन्न पार्टि प्रतिनिधि,शिक्षक,समाजसेवि,महिला स्वास्थ्य स्वयंम सेविका लगायतकाे उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.