डोटीमा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या बढ्यो

डोटी – डोटीमा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले डोटीका सबै पालिकामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो । स्थायी बन्ध्याकरण गर्नेमा महिलाको सङ्ख्या बढी रहेको छ ।

maya metro hospital

पुसदेखि सञ्चालन गरेको शिविरमा एक सय जना महिला र ३६ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले २०७८÷७९ मा दुई सय जनाको बन्ध्याकरण गर्ने लक्ष्य लिएकोमा ७६ जनाले मात्र सेवा लिएका थिए ।

joshi vada pasal 2

चालू आर्थिक वर्षमा जिल्लाका आठवटा पालिकामा सञ्चालन गरिएको शिविरमा १३६ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी ३४ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका थिए ।

आदर्श गाउँपालिकाका ३२ जना, पूर्वीचौकी गाउँपालिकाका २४ जना, दिपायल सिलगढी नगरपालिकाका १८ जना, केआईसिंह गाउँपालिकाका ११ जना, बडीकेदार गाउँपालिकाका ११ जना, शिखर नगरपालिकाका तीन जना र जोरायल गाउँपालिकाका तीन जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख जोशीका अनुसार बन्ध्याकरण गर्ने १३६ जनामध्ये एक सय जनाले मिनील्याप र ३६ जनाले भ्यासेक्टोमी सेवा लिएका हुन् । सन्तानको रहर पुगेका महिला/पुरुषले शिविरमार्फत बध्याकरण सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.