अत्तरिया अस्पतालद्धारा सत्यवती एकेडेमीलाई जर्सी सहयोग

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीलाई जर्सी सहयोग गरिएको छ । अत्तरिया अस्पताल प्रा.लि ले धनगढीमा आयोजना हुन गैरहेको लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल–७) मा सहभागीता जनाईरहेको सत्यवतीलाई २० थान जर्सी सहयोग गरेको हो ।

maya metro hospital

आईतबार अस्पतालका अध्यक्ष डाक्टर आनन्द पाठक र प्रबन्धक डिल्लीराज पाठकले संयुक्त रुपमा उक्त जर्सीहरु प्रतियोगीतामा विद्यालयबाट टिम मेनेजरका रुपमा खटिएका रमेश कडायतलाई हस्तान्तरण गरेका छन । जर्सी हस्तान्तरण पश्चात बोल्दै अस्पतालका प्रबन्धक डिल्लीराज पाठकले अत्तरियामा अवस्थीत भएकाले पनि अत्तरिया अस्पतालले सेवा सँगसँगै अन्य सामाजिक कार्यहरुलाई पनि आत्मसाथ गर्दै आईरहेको बताए । उनले सामाजिक उत्तरदायीत्व अन्तरगत नै विद्यालयलाई सहयोग स्वरुप जर्सी प्रदान गरिएको बताए । विद्यार्थीहरुलाई खेलक्षेत्रमा प्रोत्साहन गर्न पनि उक्त कार्यले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।

joshi vada pasal 2

सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएल यही माघ २१ गतेदेखी सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया आमनेसामने हुनेछन् । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा खेलाईने उक्त प्रतियोगीताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विगत ६ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो सातौ संस्करण हो । यसअघि खेलाईएको छैटौ संस्करणमा सत्यवती नै विजेता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.