डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सुरु

दीपायल – डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालन सुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका–४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा सञ्चालन गरेको हो ।

maya metro hospital

इन्डोस्कोपी सेवा सञ्चालन भएपछि यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेकोे केआई सिंह गाउँपालिका–५ का करन रानाले बताउनुभयो । इन्डोस्कोपी सेवा सञ्चालन भएपछि बिरामीको निकै चाप बढेको सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताउनुभयो ।

citizen security services

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाइ नभएको प्रशासन प्रमुख बलायरको भनाइ छ । अस्पतालबाट सबै प्रकारका जाँच तथा परीक्षण, भिडियो एक्सरेलगायतका सेवा उपलब्ध भइरहेको

attariya hospital

“सेवा सञ्चालनपछि जिल्लाका नागरिकका लागि सहज भएको हो”, सुजङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्त बलायरले भन्नुभयो, “सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महसुस गर्ने विश्वास छ ।” उहाँका अनुसार यसका लागि सबै प्रकारका उपकरण जडान भइसकेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.