बैतडी – जिल्ला अस्पताल बैतडीमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको छ । यहि माघ नौ गतेदेखि अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

बालरोग विशेषज्ञ डाक्टर रिषि काफले अस्पतालमा हाजिर भएपछि विशेषज्ञ सेवा सुरु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह डोबालले जानकारी दिए ।

विशेषज्ञ डाक्टर आएपछि सेवा प्रारम्भ भएर बालबालिकाहरुले उपचार पाइराखेका उनले बताए । विशेषज्ञ डाक्टरको अभावले सेवा लिन जिल्लाका नागरिकहरुले यहाँबाट डडेल्धुरा, धनगढी लगायतका अन्य ठाउँमा जानु पर्ने बाध्यता थियो ।
