कृष्णपुरका ५२ जना दीर्घरोगीले मासिक ५ हजार उपचार खर्च पाउँदै

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५२ जनाले दीर्घरोगको उपचारका लागि मासिक ५ हजार पाउने भएका छन् । संघिय सरकारले ४ प्रकारका दीर्घरोगीलाई औषधि उपचारका लागि मासिक ५ हजार दिने निर्णय गरे अनुसार चालु आर्थिक बर्षमा कृष्णपुरमा ५२ जनाले उक्त रकमका लागि आवेदन दिएका थिए ।

maya metro hospital

नगरपालिकामा चालु आर्थिक बर्षदेखि सुरु भएको उक्त कार्यक्रमका लागि साउन १ देखि पौष ३० सम्म ५२ जनाले आवेदन दिएको नगरपालिकाको स्वास्थ्य शाखाका डम्बर सिह मालले बताएका छन् ।

joshi vada pasal 2

उनले आवेदन दिएकाहरुलाई पौष मसान्त सम्मको एकमुष्ट रकम भुक्तानी गर्न लागिएको बताए । ‘साउनमै उक्त सेवाका लागि आवेदन दिएकाहरुले पुरै ६ महिनाको रकम पाउनु हुन्छ । अरुले जुन महिना आवेदन दिनु भएको छ सोही महिना देखि लागु हुने गरी पौष मसान्त सम्मको प्रति महिना ५ हजारका दरले रकम पाउनु हुन्छ’ उनले भने ‘पहिलो पटक नगरपालिकामा यो कार्यक्रम लागु भएको छ । हामीले रकम बुझ्नको लागि १ साताको समय दिएका छौ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रुपमा ५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्नका लागि उक्त कार्यक्रम देशभरी नै लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.