बाजुरामा गर्भवतीको बाटोमै मृत्यु

बाजुरा – बाजुराबाट महेन्द्रनगर रेफर गरिएकी गर्भवतीको बाटोमै मृत्यु भएको छ । बडिमालिका नगरपालिका – १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमै मृत्यु भएको हो ।

maya metro hospital

जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसकी रेफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर ल्याउदै गर्दा मृत्यु भएको उनका श्रीमान रमेश विकले बताएका छन् ।

joshi vada pasal 2

जिल्ला अस्पताल बाजुराले जानकी मुटु रोगि भएकाले सुविधा सम्पन्न अस्पताल लैजान भनी रिफर गरेको थियो । आर्थिक अबस्था कमजोर रहेको जानकी परिवारले सोमवार मात्र बस मार्फत महेन्द्रनगर ल्याउन लागेका थिए ।

अछाम र डोटिको सिमाना चौखुट्टे पुगेपछि जानकीलाइ अफ्ठयारो भएको थियो । बस चालकले बसमा अफ्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिममा रहेको भन्दै जिप मार्फत अछामको बयलपाटा अस्पताल जान सुझाएका थिए । जिपमा बयलपाटा अस्पताल जाँदै गर्दा जानकीको बाटोमा मृत्यु भएको हो ।

एम्बुलेन्समा लैजाने पैसा नभएपछि उनीहरु बसमा टिकट काटेर महेन्द्रनगरका लागी हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.