अत्तरिया – कैलालीको गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका २ जनामा दादुरा संक्रमण देखिएको छ । गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा दादुरा देखिएको हो ।

स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीले दादुराविरुद्धको खोप लगाए २ जनामा दादुरा देखिएको बताए । गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको जनाइएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएको छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको छ ।

धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएर र अर्का खोप नलगाएका पाँच वर्षीय बालक भारत गएर फर्किएपछि दादुरा देखिएको स्वास्थ्य कार्यालयका प्रमुख धामीले बताए ।
