जसले गरे एक सय पटक रक्तदान

त्रिवेणी – ‘रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गरेका छन ।

maya metro hospital

एक सय औँ पटकको रक्तदानपछि रक्तदाता गिरीले भने, “रगत दिन आफू पनि स्वस्थ हुनुपर्छ, म एक सय पटक रक्तदान गर्न पाउछु कि पाउदिन भन्ने लागेको थियो, पाँए, खुसी लागेको छ ।”

citizen security services

कावासोतीमा आफैँ अध्यक्षसमेत रहेको संस्था सहयोगी मनले शनिबार आयोजनामा गरेको रक्तदान कार्यक्रममा रक्तदान गरेपछि उनले एक सय पटक रक्तदान गरेको रेकर्ड कायम गरेका हुन । उनले ३० वर्षअघि पहिलो पटक रक्तदान गरेका थिए ।

attariya hospital

आफ्नै आमा बिरामी भएर अस्पतालमा उपचार गर्दा रगतको आवश्यकता प¥यो । आमाका लागि दुई पिन्ट रगतको आवश्यकता थियो । रगतका लागि विभिन्न संस्थासँग सहयोग माग्दा सहयोग नपाएपछि उनले आफैँले एक पिन्ट रगत दिए र एक पिन्ट अरुबाट लिए । सोही घटनापछि ‘रक्तदान जीवनदान’ भन्ने बुझेर उनले नियमित रक्तदान गर्दै आएका छन ।

“जिल्लामा हुने आधिकांश रक्तदानका कार्यक्रम मबाट नै सुरुआत हुने गरेको छ,” उनले भने । धेरै पटक रक्तदान गरेका कारण सम्मानस्वरुप यहाँ हुने रक्तदानका कार्यक्रममा उनले नै रक्तदान गरेपछि कार्यक्रम उद्घाटन हुन्छन् । गिरी भन्छन “समाजका लागि अरु केही गर्न नसकेपनि रक्तदान गरेर धेरैको जीवन बचाएको छु, यसले मलाई आनन्द र खुसी दिन्छ ।”

नवलपुर अत्यधिक दुर्घटना हुने जिल्लामा पर्दछ भने छिमेकी जिल्ला चितवन अस्पतालै अस्पतालको जिल्लाका रुपमा प्रख्यात छ । चितवनमा क्यान्सर अस्पतालसमेत भएकाले पनि रगतको आवश्यकता धेरै पर्दछ । अस्पताल नजिक भएकाले पनि जिल्लाका धेरै मानिसलाई रगत दिने गरेको उनी बताउन्छन । उनले आवश्यकता पर्दा सुत्केरी तथा क्यान्सरका बिरामीलाई अस्पतल नै पुगेर रगत दिने गरेका छन ।

अहिले मध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया हुन थालेपछि रक्तदान गर्न नजिको अस्पताल पुग्ने गरेको गिरीको भनाइ छ । “रगत न त फ्याक्ट्रीमा बनाउन मिल्छ, न कतैबाट आयात हुन्छ, न त किन्न नै सकिन्छ, त्यसैले हामी स्वस्थ र दिन मिल्ने व्यक्तिले रक्तदान गर्नुपर्छ,” उनले भने ।

उनले समुदायमा नै नियमित रक्तदान गर्ने कार्यक्रमहरु हुन सकेको खण्डमा सबैलाई सहज हुने बताए । “हामीले सामाजिक काम गर्ने उद्देश्यले सहयोगी मन नामक संस्था दर्ता गरेर विपद्मा परेकालाई सहयोग गर्ने, रक्तदान गर्ने कार्यक्रम गर्दै आएका छौँ । रक्तदानलाई प्रोत्साहन गर्न र अभियानकै रुपमा अगाडि बढाउन यस संस्थाले काम गर्छ,” उनले बताए ।

रगत निकालिसकेपछि परीक्षण गरेर मात्रै प्रयोग हुने भएकाले रक्तदान गर्नु भनेको रगत परीक्षणको अवसर लिनु पनि भएको गिरीले बताए । प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्दा पुरानो रगत जाने र नयाँ रगत उत्पादन हुनेहुँदा मानिसको स्वास्थ्यलाई थप फाइदा पुग्ने उनी बताउन्छन ।

रक्तदान गर्दा कमजोर भइन्छ भन्ने जनमानसमा धारणा पाइन्छ तर त्यो गलत हो, रक्तदान गर्दा कमजोर हुने भए मैले आज सयौँ पटक रक्तदान गर्न कसरी सक्थे ?, स्वस्थ मानिसले रक्तदान गर्नबाट डराउन हुन्न,” गिरीले भने ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.