गाउँमा स्ट्रेचर नहुँदा खाटमा सुत्केरी बोक्नुपर्ने बाध्यता

दार्चुला – जिल्लाको मालिकार्जुन गाउँपालिका– २ न्वालपानी कि एक महिलालाई सुत्केरी व्यथाले च्याप्यो । सुत्केरी व्यथा लागेपछि स्वास्थ्य कार्यालयसम्म पु¥याउन न त बाटो राम्रो छ न त गाउँमा बिरामी बोक्ने स्ट्रेचर नै ।

maya metro hospital

सुत्केरी गराउन स्वास्थ्य केन्द्रमा लैजानुपर्ने भएपछि खाटको डोरीमा बोकेर लगिएको मालिकार्जुन गाउँपलिका २ का स्थानीय प्रकाशसिंह धामीले जानकारी दिए । हिजो रातिदेखि ती महिलालाई व्यथा लागेको भए पनि सामग्री नभएर स्वास्थ्य चौकी पु¥याउन ढिला भएको उनले बताए ।

citizen security services

न्वालापानीमा कम्तीमा ७० परिवारको बस्ती छ । उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या परिरहेको उनी बताउँछन् । ’गाउँवासी बिरामी हुँदा यस्तै सामग्री प्रयोग गर्नुपर्ने बाध्यता छ ।’ उनले भने ।

attariya hospital

’एकातर्फ सडक छैन,बिजुली छैन,पिउनलाई पानी छैन,’ उनले भने, ’हजारौं समस्यासँग दुर्गमका जनताले अकालमै ज्यान गुमाउनु परेको छ ।’ यस्तो अवस्था हुँदासमेत मालिकार्जुन गाउँपालिकाको भने कुनै ध्यान नदिएको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.