बझाङमा एक महिला मृत फेला By अत्तरिया अनलाइन On माघ ४, २०७९ १६:२७ बझाङ – बझाङमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन् । उनी कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।