तपोवनमा लाग्यो माघे मेला

बझाङ – बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ । तपोवनमा जिल्लाभित्र र जिल्ला बाहिरका भक्तजन आएर पुजा र तातोपानीका कुण्डमा स्नान गरेका छन् ।

maya metro hospital

तल्कोट गाउँपालिका–१ र मष्टा गाउँपालिका–४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा आइतबार बिहानैदेखि घुइँचो लागेको छ । तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछ । कुण्डमा नुहाएमा चर्मरोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रु आउने गर्दछन् । यहाँ विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्डका कार्य गर्दा पुण्य मिल्दछ भन्ने मान्यता रहेको छ ।

तपोवन तिर्थस्थलसम्म अहिले तल्कोट गाँउपालिकाले गाडी जाने बाटो र नुहाउन कुण्डहरु महिला,पुरुषका लागि छुट्टाछुट्टै बनाएर सजिलो पारिएको छ । गत वर्ष कात्तिक पहिलो साता आएको सेती नदी नदीको बाढीले बगाएका कारण तल्कोट गाउँपालिका तर्फका लिफ्टिङ सिस्टम, ट्यांकीमा क्षति पुगेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.