कृष्णपुरमा नागरिक संग मेयर कार्यक्रम सञ्चालन हुँदै

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पहिलो पटक नागरिकसँग मेयर कार्यक्रम सञ्चालन हुने भएको छ । नसर्ने रोगहरुलाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो पटक नगरमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

maya metro hospital

बिहिबार नगरपालिकाले नगरमा रहेका स्वास्थ्यकर्मिहरुलाई सो सम्बन्धी जानकारी दिएको छ । नगरमा रहेका स्वास्थ्यकर्मिहरुमार्फत नै उक्त कार्यक्रम सञ्चालन गरिने बताईएको छ । नगरप्रमुख हेमराज ओझाले नगरमा रहेको स्वास्थ्यकर्मिहरुलाई घरघरमा पठाएर उक्त कार्यक्रमको सुरुवात गरिने बताए ।

उनले कार्यक्रमको पहिलो चरणमा नगरका प्रत्येक नागरिकको स्वास्थ्य प्राश्वचित्र (प्रोफाइल) बनाउने उद्देश्यका साथ स्वास्थ्यकर्मीको टोली नागरीकहरुको घरघरमा पुगी निःशुल्क रक्तचाप जाँच गर्ने बताए । यसका साथै महिलाको आङ खस्ने समस्या, मृगौला रोगहरु, मृगोला प्रत्यारोपण, क्यान्सर, मुटुरोग, दम, स्पाइनल ईन्जुरी, हेड ईन्जुरी, अपाङ्गता, सिकलसेल एनिमिया, थालेसिमिया, क्रोनिल लिभर डिजिज, मष्तिस्क घात, जटिल किसिमको बर्न, मानसिक रोग लगायत नसर्ने रोगहरुको विवरण संकलन गरिने नगरप्रमुख ओझाले बताए ।

attariya hospital

उनले कार्यक्रमको दोश्रो चरणमा आवश्कता अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अगाडी बढाइने बताए । उनले आफु निर्वाचित भएर आएलगत्तै उक्त कार्यक्रम निति तथा योजनामा समावेश गरेको बताए ।

यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बिष्टले नगरका सबै वडामा रहेका स्वास्थ्यकर्मिहरुलाई उक्त कार्यक्रममा समावेश गराईने बताए । उनले कार्यालय समय बाहेकको समयमा मात्रै उक्त कार्य गरिने बताए । उनले पहिलो चरण अन्र्तगत घरघरमा गएर रक्तचाप जाँच गर्ने रहेको र त्यसका लागी कम्तिमा १० र बढीमा १५ दिनको समय तोकिएको बताए ।

उनले उक्त कार्यका लागी नगरमा रहेका ११ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुबाट प्रतिसंस्था २ जनाका दरले खटाईने बताए ।

उपमेयर सुत्केरी स्याहार कार्यक्रम सुरु भएदेखि नगरमा कुनै पनि सुत्केरीले ज्यान गुमाउनु नपरेको बताउदै उनले त्यस्तै तरिकाले नागरिकसँग मेयर कार्यक्रमले पनि नगरमा रहेका नसर्ने रोगीहरुलाई राहत हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.