अत्तरिया हस्पिटल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बीच विद्यार्थी प्राध्यापकलाई चेकजाँचमा बिशेष छुट दिने सम्झौता भएको छ ।

maya metro hospital

बिहीबार स्वास्थ्य सेवामा छुट दिने सम्झौताबारे अत्तरिया हस्पिटल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच सम्झौता भएको हो ।
जस अन्तरगत ओपीडी, ल्याब जाँच, अप्रेशन, आइसियु क्याबिन, इन्डोस्कोपी, लगायत सेवामा क्याम्पसका प्राध्यापक र विद्यार्थीले १० देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ ।

joshi vada pasal 2
raunak fals and silling

उक्त सेवा लिन विद्यार्थी र प्राध्यापकले आफ्नो परिचय पत्र अनिवार्य देखाउनु पर्ने हस्पिटल जनाएको छ । यता क्याम्पस प्रमुख डम्बर पालले विद्यार्थीहरुको सहजताका लागी उक्त सम्झौता गरिएको बताए । उनले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले आफ्नो विद्यालयको आईडि कार्डको आधारमा सम्झौतामा उल्लेख गरिएका सबै कुराहरुमा निश्चित छुट पाउने बताए ।

उनले यसअघि क्याम्पसले धनगढीमा रहेको नवजिवन हस्पिटलसँग पनि सम्झौता गरिसकेको बताए । उनले नवजिवनसँग भने चालु शैक्षिक सत्रकै सुरुवाती चरणमा सम्झौता गरिएको बताए । उनका अनुसार अत्तरिया क्षेत्रका विद्यार्थीहरुलाई अत्तरिया अस्पतालमा स्वास्थ्य सेवामा छुट पाईदा सहज हुनेछ ।

उक्त सम्झौता पत्रमा अस्पतालका कार्यकारी निर्देशक डिल्लीराज पाठक र क्याम्पसका प्रमुख डम्मर पालले हस्ताक्षर गरेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.