सेतीमा सिटी स्क्यान सेवाको उद्घाटन

धनगढी – सेती प्रादेशिक अस्पतालमा रहेको सिटी स्क्यान सेवाको उद्घाटन गरिएको छ । आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन् ।

maya metro hospital

उक्त मेसिन केही दिन अघीबाट मात्रै अस्पतालमा जडान गरिएको थियो । सिटी स्क्यान सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकार आएपछि सेती अस्पताल लगायत अन्य अस्पतालमा थुप्रै लगानी गरिएको बताए । सेती अस्पतालमा प्रदेश सरकार बन्नुअघी गुणस्तरिय एक्सरे मेशिन समेत नभएको अवस्थामा प्रदेश सरकार आएपछि नै ठूलो उपलब्धी भएको उनले बताए ।

joshi vada pasal 2
raunak fals and silling

प्रदेश सरकारकै लगानीमा अब एमआर आई मेशिन समेत आउन लागेको भट्टले बताए । उपकरण थप्ने बिषयमा सरकार जहिले तयार रहेको बताउँदै भट्टले जनतालाई सेवा दिने बिषयमा गम्भिरताका साथ सेवा दिन चिकित्सकलाई आग्रह गरे । चिकित्सकलाई भगवान सोचेर बिरामी सरकारी अस्पतालमा पुग्ने गरेको भन्दै उनले यो बिश्वास भविश्यमापनि कायम राख्न आग्रह गरे ।

७ करोड बढी लागतमा अस्पतालले सिटि स्क्यान मेसिन खरिद गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा होराज पाण्डेले बताए । दक्ष जनशक्ती अभावका कारण खरिद भएको लामो समयसम्म सञ्चालन नभएको मेसिन मंगलबारबाट सञ्चालनमा आएको उनले बताए । यस मेशिनले बाहिरको भन्दा आधा मुल्यमा सिटि स्क्यान सेवा दिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले बताए ।

कार्यक्रममा बोल्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले पछिल्लो समय अस्पतालमा बिभिन्न ठुला उपकरण थपिने काम भइरहेको बताए । प्रदेश सरकारकै सक्रियताका कारण उपकरण थपिएको उनले बताए । केही दिनभित्रै एम आरआई मेशिन आउने र अस्पतालले थप सेवा दिने उनले बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.