अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

मलंगवा – प्रदेशिक अस्पताल मलंगवा सर्लाहीमा बच्चा जन्माएर आमा फरार भएकी छन्। सुत्केरी गराउन पुगेक उनले छोरालाई जन्मदिएर फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

maya metro hospital
raunak fals and silling

भारत बिहारको सीतामढी सोनवर्षाकी करिब २२ वर्षीया सैयम कुमारीले बच्चालाई जन्म दिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

joshi vada pasal 2

सुत्केरी गराउन अस्पताल पुगेकी उनी शौचालन जान निस्किएकी थिइन्। बच्चालाई शौचालयमा नै जन्माएर उनी फरार भएको यादवले बताए। शौचालयमा बच्चा रोएको सुनेपछि घटना बाहिरिएको हो।

शिशुको अवस्था अहिले समान्य छ। शिशुलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को जिम्मा लगाई अस्पतालमा नै राखिएको छ। फरार सैयमको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.