सरकारी अस्पतालको ३ सय मिटर क्षेत्रभित्र रहेका निजी अस्पताल हटाइने

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको तीन सय मिटरभित्र रहेका नीजि अस्पताल तथा क्लिनिक हटाउनुपर्ने गरि मापदण्ड तयार गरि स्वीकृत गरेको छ ।

maya metro hospital

सामाजिक विकास मन्त्रालयले पुस ८ गतेमात्र मन्त्रीस्तरबाट ‘नीजि अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड २०७९’ स्वीकृत गरेको हो । योसंगै अब सरकारी स्वास्थ्य संस्था परिषरका तीन सय मिटर भित्र रहेका नीजि तथा स्वास्थ्य संस्था हटाउने बाटो खुल्ला भएको छ ।

joshi vada pasal 2

प्रदेश जनस्वास्थ्य ऐन २०७६ प्रदेश सभाबाट पारित भई प्रमाणीकरण भएको दुई वर्षभन्दा बढी भएपनि प्रदेश सरकारले मापदण्ड तयार गर्न सकेको थिएन । २०७७ साल भदौ १४ गते प्रदेश सभाबाट जनस्वास्थ्य ऐन पारित गरेको थियो । सो ऐनको दफा २७ उपदफा २ मा भनिएको छ –‘बन्देज गराएका नीति अस्पताल, पोलिक्लिनिक क्लिनिक, नर्सिङ होम, प्रयोगशालालाई स्थानान्तरण गर्नका लागि छ महिनाभित्र मापदण्ड बनाई निश्चित समय दिइने छ ।’

यद्यपी प्रदेश सरकारले सरकारी अस्पतालका तीन सय मिटरभित्र सञ्चालनमा रहेका नीजि अस्पताललाई हटाउनका लागि मापदण्ड बनाउन ढिलाई गरेको थियो ।

प्रदेश सरकारले बनाएको मापदण्डमा परिषरको सिमानालाई प्रमुख आधार बनाइएको छ । दफा ४ उपदफा १ मा भनिएको छ –‘दुरी मापन गर्नका लागि सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिषरको सिमानालाई प्रमुख आधारका रुपमा लिइने छ’ भने उपदफा २ मा ‘सिमाना र नीजि अस्पतालबीचको सबैभन्दा सिधा र छोटो दुरी मापन गरिने छ । दुरी मापन प्रचलित विधिको प्रयोग गरिने छ । यसरी दुरी मापन गर्दा अन्य सम्बन्धित निकायको सहायता लिन सकिनेछ ।’

सो मापदण्डमा भनिएको छ –‘दुरी मापन गर्दा परिषरको सीमानाबाट तीन सय मिटरको दुरीभित्र पर्ने संरचनाहरु स्थानान्तरणको सूचिमा कायम गर्ने र तथ्यांक संकलन गरि निश्चित समयावधि भित्र हटाउनुपर्ने छ ।’

घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसायीहरुले एक वर्षभित्र र आफनै नाममा जग्गा जमिन भएको र सो जग्गामा भवन बनाई व्यवसाय संचालन गरिरहेकाले पाँच वर्षभित्र संरचना हटाउनुपर्ने मापदण्डमा उल्लेख छ ।

दफा ५ को उपदफा ३ मा भनिएको छ –‘स्थानान्तरणका लागि सार्वजनिक सूचना प्रकाशन भएको मिति देखि समयको गणना गरिने छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.