बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

बझाङ – बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रा मार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको थियो ।

maya metro hospital

यो सेवाबाट ३८ जना भएका थिए । शिविरमा हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस (रिफर) गरिएको राष्ट्रपतिका संस्कृति सल्लाहकार माधव शर्माले जानकारी दिए ।

joshi vada pasal 2
raunak fals and silling

शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल कलेका १३ विशेषज्ञ चिकित्सक र प्राविधिकले सेवा पु¥याएका थिए । शिविरमा स्वास्थ्य सञ्चालनबाट स्थानीय बासिन्दा लाभान्वित भएको र आगामी दिनमा पनि निरन्तरको अपेक्षा गरेको गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा र उपाध्यक्ष डोल्मा तामाङले बताए ।

रोटरी क्लब अफ नक्साल, नेपालगञ्ज मेडिकल कजेल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र साईपाल गाउँपालिकाको सहकार्य तथा गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवाको सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो । शिविरमा राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराई, रोटरी क्लब अफ नक्सालका लुना शर्मा अर्याल लगायतका व्यक्ति पनि सहभागी भएका थिए ।

रासस

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.