अत्तरिया – बझाङ जयपृथ्वी नगरपालिका – ५ खौलाबगर स्थित सेती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । पहिचान नखुलेको शव शुक्रबार साझा नदी किनारामा फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय बझाङले उचाई ५ फिट १ ईन्च, पातलो शरीर, वर्ण गहुँगोरो, कालो सेतो र खैरो बुट्टेदार सर्ट र तल्लो शरीरमा निलो जिन्स पाईन्ट लगाएको शव फेला परेको जनाएको छ ।

प्रहरी शवको पहिचान गरी आफन्तलाई सम्पर्क गरिदिन पनि अनुरोध गरेको छ । हाल शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।
