अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा इन्डोर सेवा सुरु गरिएको छ । अस्पतालमा शुक्रबार देखि इन्डोर सेवा सुरु गरेको हो । यसअघि अस्पताल घोषणा गरिए पनि स्वास्थ्य चौकीमा जस्तै चेकजाँच गरेर मात्रै पठाउने गरिएको थियो ।


मालाखेती अस्पतालका अध्यक्ष नर बहादुर मौनीले इन्डोर सेवा सुरु भएपछि बिरामिलाई अस्पतालमै भर्ना गरेर उपचार गरिने बताए । उनले छिटै अपरेशन सेवा पनि सुरु गर्ने तयारी थालिएको बताए ।

हाल मालाखेती अस्पतालमा नवौं तहका डाक्टरले सेवा दिदै आएका छन । गोदावरी नगरपालिका मातहतमा रहेको १५ शैयाको मालाखेती अस्पतालमा हाल दैनिक १ सय देखि डेढ सयको संख्यामा बिरामी सेवा लिन आउने गरेका छन
