खाेज्नुहाेस

कांग्रेस साइपालद्धारा गाउँपालिका कार्यालयलाई ज्ञापन पत्र, यस्ता छन माग

Image

रमेश सिह/बझाङ – साइपाल गाउँपालिकाले मनोमानि ढङ्गले काम गरेको भन्दै नेपाली कांग्रेस साइपाल गाँउपालिका कार्य समितिले ज्ञापन पत्र वुझाएको छ । उनीहरुले सदरमुकाम चैनपुरमा रहेको सम्पर्क कार्यालयमा प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएका हुन ।

कांग्रेस साइपाल गाउँपालिका कार्य समितिका सभापति राम बहादुर बोहराद्वारा हस्ताक्षर ज्ञापन पत्रमा स्थानीय सरकारले आफ्नो मनोमानि ढङ्गले राजनीतिक पुर्वाग्रह राखी काम गरेको आरोप लगाइएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

ज्ञापन पत्रमा भनिएको छ ‘स्थानीय सरकारले भौगलिक विकटताको कारण जनतालाई सेवा सुविधालाई दिन निकै कठिन भै रहेको छ त्यसैमाथी स्थानीय सरकारले आफ्नो मनोमानि ढङ्गले राजनीतिक पुर्वाग्रह राखी काम गरिरहेको छ ।’

ज्ञापन पत्रमा वडा नम्बर १, २, ४ र ५ मा छिटो छरितो खाद्यान्न ढुवानी गर्नुपर्ने, कर्मचारी भर्ना प्रकृयागत हुनुपर्ने, जनताले सेवा सुविधा छिटो छरितो र सहज वातावरणमा पाउनुपर्ने, गाउंँपालिका र प्रत्येक वडाहरुमा नियमित रुपमा वैठक वसाल्नु पर्ने उल्लेख गरिएको छ ।

त्यस्तै सदरमुकाम चैनपुरमा गाउँपालिकाको सम्पर्क कार्यालय आवश्यक मात्र घरभाडा लिनुपर्ने, कर्मचारी ब्यबस्थापन नभएको स्टाफ बैठक बसि कर्मचारीलाई जिम्मेवारि दिनुपर्ने, वडा .४ को रामखोला झुपु निर्माणकार्य छिटोछरितो अगाडी बढाउनुपर्ने, गाउँपाकिकाबाट बिनियोजित बजेट डोजर खरिद र सडक निर्माणलाई छिटोछरितो कार्यन्यन गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेखित गरिएको छ ।