नेविसंघ नेता ओझाद्धारा दुर्गालक्ष्मी क्याम्पसलाई स्वास्थ्य सामग्री सहयोग

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको एकमात्रै क्याम्पस दुर्गालक्ष्मीमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता देवराज ओझाले क्याम्पसलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन ।

maya metro hospital

उनले प्रजातान्त्रीक प्राध्यापक संघ ईकाई समिति दुर्गालक्ष्मी क्याम्पसका सभापति हर्क बहादुर साउँद मार्फत निमित्त क्याम्पस प्रमुख लोक बहादुर महरालाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

joshi vada pasal 2

क्याम्पसमा प्राथमिक उपचारका लागी आवश्यक पर्ने विभिन्न औषधीजन्य स्वास्थ्य सामग्रीहरु क्याम्पसलाई सहयोग गरेको नेता ओझाले बताए । उनले बजार क्षेत्रभन्दा केही टाढा रहेको र नजिक स्वास्थ्यजन्य उपचारका कुनै पनि स्थानहरु नभएका कारण आफुले उक्त सामग्रीहरु सहयोग गरेको बताए ।

उनले क्याम्पसलाई Cetamol १००० थान, I-burofen ५०० थान, Ranitidin ५०० थान, Buscopan २०० थान, ORS/जिवनजल १०० पाकेट र Betadine ५०० ML सहयोग गरेका थिए । सहयोग सामग्री ग्रहण गर्दै विद्यालयका निमित्त क्याम्पस प्रमुख लोक बहादुर महराले विद्यार्थीबाट क्याम्पसलाई पाईएको उक्त सहयोग अतुलनिय रहेको बताए । उनले क्याम्पसको सहजताका लागी सहयोग सामग्रीले प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.