खाेज्नुहाेस

बझाङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ३२२ जनाले लिए सेवा

Image

प्रदिप मलासी/ बझाङ – बझाङको सुर्मा गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङको आयोजना र सुर्मा गाउँपालिका बझाङको सहकार्यमा शिविर संचालन गरिएको हो । दौलिचौर माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन गरिएको १ दिवसीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा शुर्मा गाउँपालिकाका १ सय ७२ महिला र १ सय ५० पुरुष गरि जम्मा ३ सय २२ जना विरामीले सेवा लिएका छन ।

आर्थिक बर्ष २०७९/०८० को बार्षीक कार्यक्रम अन्तरगत जिल्लाको शुर्मा गाउँपालिकामा निःशुल्क १ दिने आयुर्वेद स्वास्थ्य शिविर संचालन गरेको हो ।
घर आँगनमै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिदा आफूहरुले गाउँघरमै स्वास्थ्य सेवा पाएको शुर्मा गाउँपालिका – ३ का रङ्गलाल बोहरा बताए । उनले यस्ता शिविरले निरन्तरता दिन आवश्यक रहेको बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख गणेश यादवले आयुर्वेद स्वास्थ्य सस्थाको पहुँच नभएका ठाउमा १५ –१५ दिनमा आयुर्वेद स्वास्थ्य सम्बन्धी समान्य शिविर संचालन गर्ने बताए ।

उनले जनतालाई सेवा दिने उद्देश्य भए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संग बजेट अभाव भएका कारण स्थानीय सरकारले सहयोगको भावना विकास गरे आयुर्वेद स्वास्थ्य सेवाले निरन्तरता पाउने बताए ।

navjiwan hospital

स्वास्थ्य शिविर आफैमा धेरै राम्रो र जनता स्वास्थ्थ सेवाका लागि भएकाले यसलाई निरन्तरता दिन पालिकाको बैठकमा छलफल गर्ने शुर्मा गाउँपालिका अध्यक्ष खडक बोहराले बताए ।

शिविरमा विभिन्न किसिमका नसर्ने रोगका बिरामी जस्तै बाथ अम्लपित, स्वासप्रस्वास, मुटु सम्बन्धि समस्या, माइग्रेन, पिसाब सम्बन्धि समस्या तथा महिला सम्बन्धि रोग, सेतोपानी बग्ने, महिनावारि हुने बेला पेट दुख्ने समस्या भएका बिरामीलाई डा .बर्षा पौडेलले चेकजाँच गरेकी थिइन । शिविरमा २३ किसिमको औषध वितरण गरिएको थियो ।

यसैबिच जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख गणेश यादबको अध्यक्षतामा सुरु भएको शिविर उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष खडक बहादुर बोहरा तथा बिशिस्ट गाउँपालिकाकी उपाध्यक्ष रमला कुमारी मण्डेल पुजारा रहेकी थिइन ।

यस्तै अतिथि वडा नम्बर १ वडाध्यक्ष दिनेश बोहरा, वडा नम्बर २ का वडाध्यक्ष सुरेन्द्र बोहरा, कार्यापालिका सदस्यहरु स्थानीय बासी डा. वर्षा पौडेल , आयुर्वेद स्वास्थ्थ केन्द्रका कर्मचारी रहेका थिए । उक्त कार्यक्रमको संचालन जिल्ला आयुर्वेद स्वास्थ्थ केन्द्रका सूचना अधिकारी तथा बरिष्ठ वैद्य मिनराज पुरीले गरेका थिए ।