खाेज्नुहाेस

बझाङमा ‘समान व्यवहार परियोजनाले’ समानता ल्याउँदै

Image

प्रदिप मलासी/बझाङ – बझाङमा संचालित ‘समान व्यवहार परियोजनाले’ बाल विवाह, छाउपडी प्रथा, जातिय विभेद, मदिरा दुरुपयोग लगायतका क्षेत्रमा परिवर्तन आउन थालेको छ । युनाईटडे मिसन टु नेपाल बझाङ कलष्टरको आर्थिक सहयोग र दलित सहयोग समाज बझाङको आयोजनामा संचालित समान व्यवहार परियोजनाले जिल्लामा असमान व्यवहार र कुरीति हट्दै जना थालेका हुन ।

विगत ३ बर्ष देखि जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ९, १० र ११ संचालित उक्त परियोजनाले बाल विवाह, छाउपडी प्रथा ,जातिय बिभेद, मदिरा दुरुपयोग, लगाइतका क्षेत्रमा काम गर्दै आएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

परियोजना संचालन भएपछि धार्मिक मान्यता अनुसार महिनावारी भएकी महिलालाई दुध दहि खान नदिने, घर भित्र बस्न नदिने, खानेपानीका धारा छुन नदिने, विद्यालय जान नदिने लगायतका कुसंस्कार हट्दै गएका छन । महिनावारी नहुँदै विवाह गर्ने परम्परा रहेको सो क्षेत्रमा परियोजना संचालन भएपछि उमेर पुगेपछि मात्रै विवाह गर्न थालिएको छ ।

यस्तै दलित समुदाय छुदा छिटो हाल्ने चलन पनि हट्दै गएको छ । सो क्षेत्रमा मदिरा सेवनका कारण भइरहेको आर्थिक, सामाजिक हानिलाई कम गर्न पनि परियोजनाले भूमिका खेल्दै खाएको छ ।

मदिरा, धुम्रपान सुर्तीजन्य पदार्थका कारण छोरा छोरीको शिक्षा दिक्षा घर परिवारको लालनपालनमा ठूलो क्षती पु-याउने कुराको जनचेतना परियोजनाले दिदै आएको छ ।
लाली गुरास दाजु भाइ समुहका सदस्य गगन बोहराले परियोजना मार्फत आफ्नो जिवनमा ठूलो परिवर्तन आएको बताए । ‘परियोजना लागु भए पछि दैनिक धुम्रपान स्वास्थ्यका लागि हानिकार रहेछ भन्ने कुरा थाहा पाए’ उनले भने ‘आजकाल मैले धुम्रपान मद्यपानमा हुने खर्च छोरा छोरीको शिक्षामा खर्च गरि रहेको छु । जसले आजकाल केटाकेटी लाई राम्रो कलेजमा भर्ना गरेर राम्रो शिक्षा पाई रहेका छन ।’

navjiwan hospital

बुंगल नगरपालिका–९ देउलीकोटका धार्मिक अगुवा प्रेमराज जोशी दलित सहयोग समाज मार्फत संचालित ‘समान व्यवहार परियोजना’ लागु नहुनु अघि ८ वर्षमै बिबाह चलन समाजमा रहेको बताए । ‘आजकाल परियोजना लागु भए पछि वास्तवमा धर्मले यस्तो कुनै कुरा नभनेको र नेपाल सरकारको विवाहवारी २० वर्ष पारी भन्ने कुराको बारेमा पायौ’ उनले भने ‘उमेर पुगे पछि मात्र विवाह गर्ने कुरा अरुलाई पनि भन्ने गरेका छौ ।’

उनले पछिल्लो समय महिनावारी भएका महिलाहरुलाई पनि आफै संग घरमा सुत्न दिने गरेको बताए । ‘पहिले आफनै श्रीमतीलाई पनि परालको कुनिही मुनी छाउ गोठमा बस्न भन्ने गथ्यौं’ उनले भने ‘आजकाल घर भित्र बस्न दिएका छौ । दहि दुध लगाएका मिठा खाने कुरा दिने गरेका छौ ।’

सूर्यमुखी महिला समुहकी सहजकर्ता बिमला बोहराले पहिले महिलाहरु समाजमा जान पनि लजाउने गरेका भएपछि पछिल्लो समय यसमा निकै सुधार भएको बताइन् । ‘पहिले महिला दिदी बहिनी समाजमा जान पनि लजाउन्थ्यौ । आजकाल सहजरुपमा सबै समाज बैठक मिटिङ्ग गोष्ठी सेमिनारमा गएर आफना कुरा राख्न सक्ने भएका छौ’ उनले भनीन् ‘पहिला छाउपडी हुँदा छाउगोठमा बस्थौ आजकाल घर भित्रै बस्छौ मिठो खानेकुरा खान्छौ तर धर्मशास्त्रमा पनि छाउ हुनु कुनै नराम्रो प्रक्रिया हैन अलगै राख्नु राम्रो हुदै भन्ने कुराको बारेमा केही त्यस्तो लेखिएको रहेन छ ।’

स्थानीय ज्योतिष अम्मरराज उपाध्यायले परियोजना संचालन भएपछि दलित समाज माथि हुने गरेको विभेद हट्दै गएको बताए । उनले छाउपडी, बाल विवाह जस्ता कुरीति पनि हट्न थालेको बताए । ‘हामीले गर्ने व्यवहारमा हाम्रौ कमजोरी आई लाग्छ । दलित भनेर बिभेद गर्नु हुन्न, छाउ भएको अवस्थामा मिठो खाने कुरा नदिदा उहाँहरुको शाररिक अवस्थामा कमजोरी ल्याउन्छ’ उनले भने ‘छाउपडी दलितलाई छुवाछुत गर्ने कुराको बरेमा कुनै धर्मशास्त्रले गर नभनेकाले यो सबै मानव स्वयमले रचेका कुरा हुन बालबिबाह गर्नु आफैमा नराम्रो कुरा भएकाले बाल बिबाह गर्नु पर्छ भनि कुनै धर्म र धर्मशास्त्रमा लेखिएको छैन । हामी आफैले व्यवहार सुधार गर्नु पर्छ ।’

दलित सहयोग समाज बझाङका व्यवस्थापक सुनिल नेपालीले बिगत ३ वर्ष देखि ‘समान व्यवहार परियोजना’ ले समाजमा धेरै परिवर्तन ल्याएको बताए । ‘परियोजना मार्फत श्रीमती–श्रीमानमा कामको समान व्यवहार गर्नु पर्छ भनेका छौ त्यस्तै समाजका हानिकारक कुप्रथा छाउपडी प्रथा बाल विवाह, जातिय बिभेद, मदिरा दुरुपयोग लगाएको अन्त्य र न्यूनिकरण गर्न काम गरिरहेका छौ ।’

युनाईटेड मिसन टु नेपाल र दलित सहयोग समाजद्घारा संचालित समान व्यवहार परियोजनाले बुंगल नगरपालिकाका वडा नम्बर ९, १० र ११ नम्बर वडामा किशोर किशोरी, बाल क्लव, दाजुभाई समुह एकल महिला समुह, महिला समुह, धार्मिक अगुवा समुह दलित समुह लगायतका समुहको गठन गरि सामाजिक कुप्रथाहरुको अन्त्य र त्यसको निर्मुलीकरण गर्दै आएको छ ।