मुख्यमन्त्रीका दावेदार खगराज भट्ट विजयी

अत्तरिया – मुख्यमन्त्रीको दावेदार रहेका खगराज भट्ट विजयी भएका छन । उनी डडेल्धुरा प्रदेश सभा (क) बाट विजयी भएका हुन । भट्टले प्रतिस्पर्धी उमेदवार नेकपा एमालेका पठान सिंह बोहरालाई २ हजार ९१७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । भट्टले १२ हजार ११२ मत ल्याउँदा बोहराले ९ हजार १९५ मत ल्याएका छन ।

maya metro hospital
indreni vansa ghar

उक्त प्रदेश सभामा कुल २५ हजार ३६९ मत खसेकोमा २४ हजार २५ मत सदर भएको छ भने १ हजार ३३६ मत बदर भएको छ ।
यसअघि देउवा संग प्रतिनिधि सभा निर्वाचन लड्दै आएका भट्ट पहिलो पटक प्रदेश सभामा उम्मेदवार बनेका थिए । उनी यसअघि ३ पटक देउवासंग पराजित भएका थिए ।

joshi vada pasal 2

तत्कालिन माओवादीमा लेखराज भट्ट पछिको दोस्रो नेताका रुपमा रहेका भट्टले अहिले सम्म कुनै पनि सार्वजनिक पद पाएका थिएनन् । यस पटक प्रदेशमा लड्न तयार भएका भट्ट सुदूरपश्चिममा माओवादीले नेतृत्व गर्ने अवस्था आएमा मुख्यमन्त्रीका मुख्य दावेदारका रुपमा रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.