गोदावरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया – कैलालीको गोदावरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

maya metro hospital

गोदावरी नगरपालिका–४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो ।

मंगलबार राति भएको दुर्घटना घाइते भएका सिजापतीको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.