खाेज्नुहाेस

श्रमिकको अधिकार सुनिश्चित गर्न मानवअधिकार संरक्षण मंचको आग्रह

Image

अत्तरिया – मानवअधिकार संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समितिले श्रमिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

१३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका मंचले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र समान कामको समान ज्यालाको सुनिश्चितता गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको हो ।

attariya hospital
navjiwan hospital

विज्ञप्तीमा सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कामको वातावरण निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्न आग्रह गरिएको छ ।

श्रम अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनमा जोड दिँदै उल्लेखित संवैधानिक तथा कानुनी व्यवस्थाका बाबजुद् देशभित्र श्रमको वातावरण र उचित सम्मान हुन नसक्दा दैनिक हजारौँको सख्यामा नागरिकहरु वैदेशिक रोजगारीमा जान बाध्य भईरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा सबै प्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, कम्लहरी, हलिया तथा कमैयाको पूर्ण पुनस्थापनाका र उनीहरुको श्रमको सम्मानका लागि सङ्कल्प गर्न सरकारलाई आग्रह गरिएको छ ।

maya metro hospital

त्यस्तै, निजी क्षेत्रमा कार्यरत श्रमिकले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिका इँटाभट्टा, होटल तथा रेष्टुराँ र निजी घरमा समेत श्रमिकको रुपमा काम गर्न बाध्य भएको एवम् बाल हिंसा र यौन दुव्र्यवहारबाट पीडित भएका घटनाहरु दिनानु दिन वृद्घि हुनु संवेदनसिल सवाल भएको विज्ञप्तीमा उल्लेख छ ।