खाेज्नुहाेस

बझाङका १७५ परिवारलाई मकैको दाना छेडाउने हाते मेसिन वितरण

Image

प्रदिप मलासी /बझाङ – बझाङका १७५ परिवारलाई मकैको दाना छेडाउने मेसिन वितरण गरिएको छ । युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाज बझाङको आयोजनामा संचालित वातारणीय दिगोपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकुल परियोजनाले जिल्लाको बुंगल नगरपालिका – ४ को अराडी गाउँका १ सय ७५ किसान घरपरिवारलाई मकैको दाना छेडाउने हाते मेसिन उपलब्ध गराएको हो ।

उक्त मसिनबाट सजिलै मकैका दाना छोडाउन सकिने जनाइएको छ । मसिन नहुँदा निकै दुःख गरेर दाना छेडाउनु पर्ने अवस्था रहेकोमा मसिन पाएपछि सहज हुने कृषक महिला समुहकी अध्यक्ष नारु देवी कार्की बताईन् ।

godawari nagarpalika dadhelo
attariya hospital

‘हिजो हामीले मकैबाली भित्र्याएको ३ महिना पछि धेरै दुःख गरेर थोरै–थोरै चुट्दै घट्ट मिसेर खाने गरेका थियौ’ उनले भनीन ‘अब मसिन पाएपछि सहज हुने विश्वास लिएका छौ ।’

कार्यक्रम संयोजक मीन बहादुर परियारले किसानहरुले मकैको दाना छेडाउन निकै दुःख र समय खेल फाल्नुपर्ने बाध्यताबाट मुक्ति पाउन भनेर मेसिन वितरण गरिएको बताए ।

उनले डिजल पेट्रोलबाट चल्ने मेसिन र उपकरणले वातावरणमा प्रभाव पार्ने र अर्गानिक बालीको नष्ट गर्ने भएकाले आफूहरले हातले चलाउन मिल्ने मेसिन उपलब्ध गराएको बताए ।

navjiwan hospital

उक्त परियोजनाले अर्गानिक खाद्यान्न बालि उत्पादनमा जोड दिदै आएको छ । परियोजनाका फिल्ड कर्मचारी तथा कृषि जेटिए लोकेन्द्र बहादुर रोकायाले परियोजनाको उद्देश्य अनुरुप हाल सो क्षेत्रमा कार्यक्रम संचालनमा रहेको बताए ।

उनले भने ‘अर्गानिक मलको प्रयोग गर्दा खेत जोत्नु अधि नै प्रयोग गर्दा प्रयोग गरे अन्न बाली धेरै राम्रो पोषिलो र रोग मुक्त अन्न खान पाईने भएकाले परियोजनाको लक्ष्य उदेश्य अनुरुपै खेतीपाति गराउँदै आएका छौ ।’

वातावरणिय प्रभाव न्युनिकरण जलवायु परिवर्तन अनुकुलन परियोजनाले बिगत १ वर्ष देखि बुंगल नगरपालिकाको वडा नम्बर ४, ५ र ६ मा काम गर्दै आएको छ ।

त्यस्तै परियोजनाले वडा नम्बर ५ को हाट पाउमा सिंचाई पोखरीको निर्माण गरि करिब २० घर परिवारलाई विभिन्न तरकारी बालीको बिउबिजन वितरण गरि तरकारी खेती गराउदै आएको छ भने वडा नम्बर ५ को बोगटी गाउका किसान लाई सयपत्री फुल खेती र मिडी गाउका १८९ घरधुरीलाई शुद्व खानेपानीको धारा निर्माण, वडा नम्बर ४ को पत्थरकोट कृषक महिला समुहलाई सुक्खा धानको बिउ वितरण गरि धान खेतीको वृद्धि विकास र अर्गानिक खेती गर्ने लगाएतका विविध कार्य गर्दै आएको छ ।