खाेज्नुहाेस

बझाङका एक शिक्षकमाथि कालोमोसो दलियो

Image

बझाङ – बझाङका एक शिक्षकमाथि कालोमोसो दलिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ का कार्यकर्ताले छविसपाथिभेरा गाउँपालिका – ७ मा रहेको मजखोरी माध्यामिक विद्यालयका प्राधानाध्यापक जनक बोहरालाई कालोमोसो दलिएको हो ।

navjiwan hospital

आर्थिक अनियमिततामा मुछिएको र आफ्नो आन्दोलनको विरोध गरेको भन्दै कालोमोसो दलेको नेकपाले जनाएको छ । शिक्षक बोहराले नेकपाका कार्यकर्तामाथि गालि बेजत गरेकाले कालोमसो दलिएको नेकपाका जिल्ला समिति बझाङका सेक्रेटरी प्रबिस सीले एक विज्ञप्ती मार्फत जानकारी दिएका छन ।

godawari nagarpalika dadhelo
attariya hospital

चुनाव खारेजी घरदैलो अभियान टिम माथि एमाले पार्टी निकट शिक्षक संगठनको सदस्य जनक बोहरा लगायतको अराजक समुहले जाँड रक्सी सेवन गरी पार्टी कार्यकर्ता माथि अस्लिल शब्द प्रयोग गर्दै गालि बेजत गर्नुका साथै सांघातिक हमला गरेको प्रति हाम्रो जनप्रिय नेपाल कम्युनिष्ट पार्टी बझाङ घोरभत्सना गर्दछ’ विज्ञप्तमा भनिएको छ ‘मजखोरीमा मावि स्थायी शिक्षकको रुपमा कार्यरत निवर्तमान प्रधानाध्यापक जनक बोहराले विगतमा विद्यालयको लाखौं रकम राजनीतिक शक्तिको आडमा हिनाबिना गरेको जनताको ब्यापक जनगुनासो आएपछि तथा हाम्रो पार्टीको अभियान टिम माथि अमर्यादित व्यवहार गरेको कारण जनताको उपस्थितिमा पार्टीले भ्रष्ट शिक्षक जनक बोहरालाई जनकारवाही गरेको कुरा सम्पुर्ण बझाङी समुदायलाई जनकारी गराउँदछौं ।’