खाेज्नुहाेस

बझाङमा वडा कार्यालयद्धारा विद्यार्थीलाई वर्षभरिलाई पुग्ने गरी कापी वितरण

Image

बझाङ – छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडाभित्र रहेका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई वर्षभरि पुग्ने कापी वितरण गरेको छ ।

navjiwan hospital

वडा नम्बर १ मा रहेका ८ वटा विद्यालयमा अध्यनरत एक सय ८२ जना बालबालिकालाई कापी वितरण गरेको हो । वडामा ७ वटा सामुदायिक र एक निजी गरी ८ वटा विद्यालय छन् । निजी विद्यालयको नर्सरीमा अध्ययनरत बालबालिकालाई मात्रै उत्तर पुस्तिका वितरण गरिको वडा नम्बर १ का वडा अध्यक्ष करनजंग बहादुर सिंहले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

वडाको शैक्षिक सुधार गर्ने उद्येश्य अन्तर्गत कापी वितरण गरिएको हो । वडाध्यक्ष सिंहका अनुसार आर्थिक वर्ष २०७९÷८० को बजेटबाट विनियोजित २ लाख ५० हजार रुपैयाँको कापी खरिद गरिएको हो । कापी विद्यालयका प्रध्यानाध्यापकहरुको जिम्मा लगाइएको छ ।