बैतडी पुगेर ओलीले भने – ‘झुलाघाटमा पक्की पुल बन्छ’

बैतडी – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सीमाना जोडिएको झुलाघाट नाकामा पक्की पुल बनाउने आश्वासन दिएका छन् ।

maya metro hospital

शुक्रबार जिल्लाको पाटनमा नेकपा एमाले जिल्ला कमिटी बैतडीले आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आजै दार्चुलामा चुनावी सभालाई सम्बोधन गरेर ओली बैतडी पुगेका हुन् । ’थोत्रो पुलले हुँदैन । अब पक्की पुल बनाउनुपर्छ, त्यो जिम्मा एमालेले लिनेछ, त्यो जिम्मा म लिन्छु’उनले भने ।

attariya hospital

यसैगरी सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना अन्तर्गत महाकाली करिडोरको निर्माण समयमै सम्पन्न गरिने समेत ओलीले बताए । उनले बैतडीबाट नेकपा एमालेको जित सुनिश्चित रहेको समते दाबी गरे । केन्द्रदेखि प्रदेशमा एमालेको सरकार बन्ने ओलीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.