बैतडीमा बिहीबारदेखि भलिबल प्रतियोगिता, ट्रफी सार्वजनिक

बैतडी- बैतडीमा बिहीबारदेखि सुरु हुने बृहत अन्तरपालिकास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । ट्रफी हिजो मंगलवार सार्वजनिक गरिएको हो ।

Karma Consultancy

नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा निङ्गलाशैनी खेल मैदानमा देहीमाण्डौं प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा शिवनाथ गाउँपालिका बाहेक जिल्लाका ९ पालिकाका टिमको सहभागिता रहने जनाइएको छ ।

citizen security services

महिलातर्फ १० र पुरुषतर्फ १४ गरी २४ टिमले सहभागिता जनाउने जिल्ला खेलकुद महासंघका बैतडी इन्चार्ज मनोज ठकुराठीले बताए । बृहत अन्तरपालिकास्तरीय खुुला भलिबल महोत्सव तथा प्रतियोगिताको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने तय भएको छ । उद्घाटन सत्रमा बैतडीका कलाकारहरुले प्रस्तुति राख्नेछन् ।

attariya hospital

प्रतियोगिताको विजेताले ७७ हजार ७७७ नगदसहित मेडल र ट्रफी पाउनेछन् । त्यस्तै, द्वितीयलाई ५५ हजार ५५५, तृतीयलाई ४४ हजार ४४४ र सान्त्वनामा ३३ हजार ३३३ रुपैयाँ, मेडल र ट्रफी प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.