
बझाङ – बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । थलारा गाउँपालिका–८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
सायल गाउँपालिका– ५ गुरेना मामाघरमा गएका ति बालकलाई मंगलबार अरिङ्गालले टोकको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घरमा राखिएमा आज बिहान मृत्यु भएको थलारा गाउँपालिका–८ का वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिएका छन ।





















