खाेज्नुहाेस

बझाङमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु, १७ घाईते (विवरण सहित)

Image

बझाङ – बझाङको मष्टा गाँउपालिकामा भएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सुपप्र ०१ ००१ च ११७ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

navjiwan hospital

मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दिक्षिता कठायत, ५० वर्षिया सिन्किदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन ।

godawari nagarpalika dadhelo
attariya hospital

उक्त दुर्घटनामा १७ जना घाइते भएका छन । घाइते हुनेमा मष्टा गाउँपालिका–१ का ३६ वर्षका सिंहबीर बुढा, ६३ वर्षका मणिबहादुर सिंह, १० वर्षीय बालक विशाल खड्का, मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, ३६ बर्षीय सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३४ वर्षीय सन्तोष सिंह, २२ वर्षीया ईश्वर ओखेडा, ७ बर्षीय अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको जनाएको छ । जीप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो ।