देशभर यतिबेला चुनावी माहोल छाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागी यहि आउँदो मंसिर ४ गते देरभर चुनाव हुदैछ । चुनावमा प्रतिष्पर्धा गर्नका लागी विभिन्न पार्टीले आ–आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ । सुदूरपश्चिममा पनि चुनावको रौनक व्याप्त छ । उम्मेदवारहरु मतदातालाई रिझाउन घरदैलो अभियान पनि गरिरहेका छन । केही महिना अघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पहिलो पटक चुनावमा प्रतिष्पर्धा गर्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका लागी र समानुपातिक तर्फबाट मात्रै उम्मेदवार उठाएको छ । सोही पार्टीबाट समानुपातिक तर्फकी उम्मेदवार धनगढी उपमहानगरपालिका – १३ की जसु कुमारी भट्टसँग अत्तरिया खबर दैनिकले गरेको कुराकानीको सम्पादीत अंश :
१. तपाईको उम्मेदवारी के का लागी हो ?
– खास त मेरो उम्मेदवारी भ्रष्ट्राचार विरुद्धमा हो । पहिलो नम्बरमा भ्रष्ट्राचार गरिन्न र भ्रष्ट्राचार गरेको सहिन्न भन्ने हाम्रो पार्टीकै मुल एजेण्डा हो । त्यसमा सीमा सुरक्षा देखि लिएर महिला हिंसाको अन्त्य अनि चाकरिवाद, नातावाद, कृपावादको अन्त लगायतका साथै शिक्षामा समानता, रोजगारीको आधार पर्यटन देखी भौतिक पुर्वाधारहरुको विकाशका लागी मेरो उम्मेदवारी हो ।
२. राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक निर्वाचनमा होमिदैछ, सुदूरपश्चिममा पार्टीले कस्तो नजिता ल्याउला भन्ने आंकलन गर्नुभएको छ ?
– हाम्रो अलि तयारी कम भएको जस्तो लाग्छ मलाई । तर पनि हामी चुनावी प्रचार प्रसारमा गैसकेको अवस्था छ । चुनावी प्रचारका क्रममा हाम्रो पार्टी प्रति नागरिकको विश्वास र भरोसा राम्रो पाएकी छु । नागरिकहरुको सहयोग र पार्टीप्रतिको भरोसा देखेर पहिलो पटकमै सुदूरपश्चिममा हाम्रो पार्टीले राम्रो नतिजा ल्याउने मैले अपेक्षा गरेकी छु ।
३. तपाईले भने जस्तो नयाँ पार्टी प्रदेशमा राम्रो नतिजा ल्याउन सम्भव छ त ?
– छ, अवश्य छ, हाम्रो जति पनि उम्मेदवारहरु हुनुहुन्छ, एकदम युवा, जाँगरिलो र पढेलेखेको हुनुहुन्छ । राजनीति बुझेको र नागरिकका समस्या बुझेको उम्मेवारहरु हुनुहुन्छ । मलाई लाग्छ, जति ठाउँबाट हाम्रो पार्टीले उम्मेदवारी दिएको ति सबै ठाउँहरुमा हाम्रो पार्टी विजयी हुनेछ ।
४. घरदैलो अभियानका क्रममा नागरिकका समस्या कस्ता देख्नुभएको छ ?
– अहिले हाम्रो किसान दाजुभाईहरुको धानबाली भित्र्याउने बेला हो । घरदैलोको क्रममा प्राय सबै नागरिकहरु काममै व्यस्त देखिन्थे, हामीले खेतमै गएर भेटघाट पनि ग¥यौ । घरदैलो अभियानका क्रममा प्रायजसो कुनै ठाउँमा डुबानको समस्या, कुनै ठाउँमा बाटोघाटोको समस्या, सुदूरपश्चिमतिर महिला हिंसा तथा छाउपडि प्रथा लगायतका धेरै कुरितिहरु भएकाले कतै कतै त नेताहरुले हाम्रो लागी केही गरिदिनु भएन भनेर पनि भन्ने गरेका छन । र यो हाम्रो पार्टी रवि लामिछाने सरको भएकाले पनि उहाँले विगतमा गरेका कामका आधारमा, उहाँले पत्रकारीता मार्फत देश र जनताको हितमा गरेका कामका आधारमा पनि हामीले मतदाताहरुको भोट पाउने विश्वास छ ।
५. तपाईले या भनौ सुदूरपश्चिममा तपाईको पार्टीले कस्ता कस्ता विषयहरुलाई आफ्नो चुनावी एजेण्डामा समावेश गरेको छ ?
– यो चुनावी एजेण्डामा हाम्रो पार्टीले मुख्य रुपमा भ्रष्ट्राचारको अन्त्य त भैहाल्यो, हाम्रो पार्टीको मुल नारा पनि त्यहि हो र मेरो उम्मेदवारीको कारण पनि त्यही नै हो । त्यसपछि, गेटा मेडिकल कलेज सञ्चालन नहुनुका कारणहरु र त्यसको सञ्चालनका लागी आवश्यक काम गर्ने, उक्त कलेजलाई प्रदेशकै स्वामित्वमा राखि प्रतिष्ठानको रुपमा सञ्चालन गर्नुपर्ने, डुबानका समस्याहरु र पहाडी क्षेत्रमा बाढीपहिरोको समस्याहरुको समाधानका लागी अग्रसर हुने लगायतका विषयहरु रहेका छन । सुदूरपश्चिमबाट पटक पटक देशकै ठुला ठुला पदमा यहाँका नेताहरु पुगिसकेको अवस्था भएपनि अहिलेसम्म दुरदराजको ठाउँमा विकाश भएको देखिदैन, पहाडका कुनै कुनै ठाउँमा त अहिलेसम्म विजुलीबत्ती समेत पुगेको छैन ।
पहाडी क्षेत्रहरुमा बाटोघाटोको समस्या पनि छ । यदी हाम्रो पार्टीले जितेर हामी संसदमा पुगे दुरदराजका पहाडी क्षेत्रहरु जहाँ विद्युत पुग्न पाएको छैन, त्यहाँ विजुली पु¥याउने पहिलो काम हुनेछ । त्यसलाई पनि हाम्रो चुनावी एजेण्डामा राखेका छौ । किनकी पहाडी क्षेत्रमा गरिब परिवारको बसोबास बढी छ, त्यहाँ लगनशिल र अब्बल विद्यार्थीहरु पनि छन, विजुलीबत्तिको अभावका कारण त्यस्ता परिवारका बालबालीकाहरु टुकीको भरमा पढ्न बाध्य छन, बालबालीकाहरुको त्यो बाध्यताको अन्त्य गर्नु पनि हाम्रो पार्टीको एजेण्डा हो । पानीको समस्याहरु छन, बाटोघाटोको समस्या छ, त्यस्ता समस्याहरुको समाधान गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डाहरु छन ।
त्यसका साथै सुदूरपश्चिममा रहेका पर्यटकिय क्षेत्रहरुको संरक्षण र संर्वद्धन गरी त्यहाँ पर्यटकिय विकाश गर्ने हाम्रो लक्ष्य छ । त्यसका साथै हाम्रो क्षेत्रमा छाडा चौपायाको समस्या विकराल छ, त्यसको समाधान गर्ने, मजगाउँमा रहेको विमानस्थल छिटो भन्दा छिटो सुचारु गर्ने, सिमानाकामा भैरहेका घटनाहरुलाई मध्यनजर गर्दै छिमेकी राष्ट्रसँग पहलकदमी गरी सिमाको सुरक्षाका लागी काम थाल्ने, देशको बेरोजगारीको अन्त्य गर्ने, शिक्षामा समानतामा हुनुपर्ने लगायतका विषयहरुलाई हामीले चुनावी एजेण्डामा समावेश गरेका छौ ।
६. तपाईको पार्टीको मुल लक्ष्य नै ‘भ्रष्ट्राचार शुन्य देश’ भन्ने छ । भ्रष्ट्राचारलाई शुन्यमा झार्न के गर्नुपर्ला ?
– अहिले प्रत्येक ठाउँमा सानो काम गरेपनि ठुलो काम गरेपनि घुस दिनुपर्ने अवस्था छ । त्यसैले घुसबाट भएको बेथिति अन्त्य गर्न डिजिटल प्रविधिबाट कामहरु गर्नुपर्ने हुन्छ । डिजिटल प्रविधिबाट काम सुरु गरे देशमा भ्रष्ट्राचार र घुसखोरी स्वतः अन्त्य हुन्छ । त्यसमा पनि फेरी देशमा रहेका ठुला व्यापारीहरु र ठुलो पदमा बसेका मानिसहरुलाई कर अनिवार्य करको दायरामा ल्याउनुपर्छ । जसले देशको आर्थिक अवस्था पनि सुदृढ बनाउन मद्दत गर्छ ।
७. तपाईको पार्टीले प्रदेश सभाका लागी उम्मेदवार नै उठाएको छैन, के कारणले हो ?
– हामीले एउटा राजा फालेर सयौ छोटे राजाहरु पालिरहेका छौ । देशको आर्थिक अवस्थालाई मध्यनजर गर्ने हो भने प्रदेशको कुनै औचित्य नै छैन । प्रदेशको संरचना खारेज गरिनुपर्ने हाम्रो पार्टीको माग हो । औचित्य नै नभएको प्रदेश सरकार पालेर देशको आर्थिक अवस्था कमजोर बनाउनु भन्दा त्यो संरचना नै हटाउन बेस रहेको पार्टीको आंकलन अनुसार अहिले कुनै पनि ठाउँमा हाम्रो पार्टीले प्रदेश सभाका लागी उम्मेदवारहरु उठाएको छैन ।
भिडियो