ह्विलचियरबाट सुरु गरिएको मेचीदेखि–महाकाली यात्रा सम्पन्न

बेदकोट – शारीरिक अशक्तता भएका एक युवकले ह्विलचियरमा मेची–महाकाली यात्रा पुरा गरेका छन । इलामको इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरबाट मेची–महाकाली यात्रा पुरा गरेका हुन ।

maya metro hospital

असोज ३ गते संविधान दिवसका दिन मेची पुलबाट यात्रा सुरु गरेका रम्तेलले मङ्गलबार पश्चिम महाकालीको कञ्चनपुरस्थित गड्डाचौकी पुगेका थिए ।

‘शान्ति, प्रेम र मेलमिलाप’ भन्ने मूल नाराका साथ धार्मिक, पर्यटन प्रवद्र्धनका लागि ह्यिलचियरमा मेची–महाकाली यात्रा गरेको रम्तेलले बताए ।

attariya hospital

‘धार्मिक, पर्यटन प्रवद्र्धनका लागि यात्रा गरेको हुँ, यात्रा निकै कष्टपूर्ण भए पनि पूरा भएको छ’ उनले भने ‘लुम्बिनी, पशुपतिनाथ र लारुम्बाको माटो लिएर विश्वका एक सय ७० देश पुग्ने लक्ष्य छ ।’ मोटरसाइकल दुर्घटनामा परेका रम्तेलका दुवै खुट्टा काम गर्दैनन् ।
रासस

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.