बझाङबाट ५ बागीको उम्मेदवारी फिर्ता

बझाङ – बझाङमा स्वतन्त्र उम्मेदवारी दिएका पाँचै जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले भने उम्मदेवारी फिर्ता लिँदै एमालेका ऐन महरलाई समर्थन गरेका छन् ।

Karma Consultancy

प्रतिनिधि सभातर्फ गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वसभापति हर्कजङ बहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उक्त क्षेत्रबाट सत्ता गठबन्धनले एकीकृत समाजवादीका भानुभक्त जोशीलाई उम्मेदवार बनाएको छ ।

citizen security services

प्रदेश सभा ‘क’ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगतप्रसाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन् । सोही क्षेत्रका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हेमराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.